You can read my new poetry book, "Prakritya Saha Jibanam." The collection of my poems in this book reflect upon Nature, science, and the existential Philosophy of life on planet Earth. These poems attempt to dessiminate the message that the current Anthropocence is the most dangerous epoch in the geological history of Earth, an epoch marked by collosal impacts of human ecological footprints that have not only disrupted the equilibrium of Earth due to the relentless unsustainable extraction and consumption of Earth resources to accumulate wealth driven by the greed and arrogance of powerful political elites, billionaire oligarchs, and fossil fuel corporations but have also caused existential threats to all living beings, including Homo sapiens.
“प्रकृत्या सहजीवनम्” कविता संग्रहको सन्देश
मानिसको अस्तित्वको मुल्याबन उपहार भनेको नै उसको स्वतन्त्र चेतना हो जो साहित्य र दर्शनमा अभिब्यक्त हुन्छ
मेरो यो कविता सङ्ग्रहमा ५४ ओटा कविताहरू समावेश गरिएका छन्। मैले यो कवितासङ्ग्रहको शीर्षक “प्रकृत्या सहजीवनम्” अर्थात् प्रकृतिमा सह–जीवन राखेको छु। यी ५४ ओटा कवितामा मैले पर्या–प्रकृति दर्शन, मनाववाद (जीवनदर्शन) र बुद्धदर्शनसँग सम्बन्धित कविता समाविष्ट गरेको छु।
मेरा कविताहरू प्रकृति पर्यावरण विनाश र त्यसको संरक्षण बुद्धदर्शन, विज्ञान र मानववादी दर्शनको आलोकमा मात्र गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले लेखिएका छन् । यी कविताहरूमा ब्रह्माण्ड, पृथ्वीको उत्पत्ति, पृथ्वीमा जीवनको उत्पत्ति र पर्यावरण प्रणालीको विकासमा केन्द्रित हँदै, प्रकृतिको सन्तुलन र यसको संरक्षण कसरी मानव अस्तित्व र सभ्यतासँग जोडिएको छ भन्ने कुरा दर्शाउन कोशिश गरेको छु। मानवसभ्यताले नयाँ भूगर्भिक युगमा प्रवेश गरेको छ आज । यो युगलाई यान्थ्रोपोसिन अथवा मानव–प्रभाव युग नामकरण गरिएको छ । यसलाई मानव–प्रभाव युग भन्नुपर्ने कारणचैँ के हो भने मानवको क्रियाकलापले प्रकृति, पृथ्वी र वायुमण्डललाई व्यापक रूपले प्रभावित पार्ने भएकोले यस्तो नामकरण गरिएको हो । मानवले प्रकृतिमाथि विजय प्राप्त गर्न शुरू गरेको यो युद्ध एक दिन आफ्नैविरुद्ध लड्नुपर्ने छ भनेर सोचेको थिएन ।
अमेरिकी चर्चित वातावरणविद् रेचल कार्सन भन्छिन्— मानव पनि प्रकृतिको नै हिस्सा भएकोले मानव जातिको पृथ्वीविरूद्धको युद्ध अन्तत्वगत्वा आफै विरुद्धको युद्ध हो। बुद्धदर्शनका आधारभूत सिद्धान्त र मान्यता विज्ञानसम्मत छन् । विश्वविख्यात वैज्ञानिक आइन्स्टयेन भन्नुहुन्छ— यदि कुनै धर्म विज्ञानसँग नजिक छ भने त्यो बुद्धधर्म मात्र हुन सक्छ ।
बुद्धदर्शन र प्रणाली विज्ञानले आधुनिक विज्ञान–प्रविधि र मानिसको सांस्कृतिक चेतलाई मार्गनिर्देशन गर्न सक्छ र पृथ्वी–पर्यावरण बचाउनुको साथै मानिसलाई प्रकृतिसँग सह–अस्तित्व र सह जीवनमा बस्न सक्ने नैतिकवान् प्राणी बनाउन सक्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । मैले बुद्धदर्शन, आधुनिक प्रणाली विज्ञान (System Theory) पर्यावरण विज्ञान (Environmental Science) को सम्मिलनबाट पर्या–धर्म (Ecodharma) को अवधारणा विकास गर्ने प्रयत्न गरेको छु।
यो कवितासङ्ग्रहमा समाविष्ट अधिकांश कविताहरूले प्रकृतिसँगको सहजीवनमा नै मानव सभ्यता र अस्तिवको निरन्तरता सम्भव हुन्छ र पृथ्वीप्रकृतिको विध्वंशमा मानवसभ्यता र अस्तिवको लोप अवश्यम्भावी छ भन्ने सन्देश सम्प्रेषण गर्ने प्रयत्न गरेका छन् ।
यो त मेरो अनुभूति र अपेक्षा मात्र हो । यसमा कति सफल हुन सकेँ त्यो बेग्लै कुरा हो त्यसको मूलायाङ्कन त पाठक वर्ग र समालोचकज्यूहरूले नै गर्ने हो ।
You can share your feelings and thoughts in the comment field at the end of the blog.
This book is available in digital version. You can buy it at $9.99 Just type the title "Prakritya Sahajibanam" in the search bar on the top right of the Home page. Upon the completion of your purchase, you can download the eBook immediately into your local drive.
top of page
$9.99Price
bottom of page
