top of page

My friends if you can read and understand Nepali Devnagari script, please read the below one page article that gives you the gist of the book.

Writer's picture: Gopi UpretiGopi Upreti

Updated: Nov 12, 2024


मेरो पुस्तक बारे सानो जानकारी


हामी बाचीरहेको आजको युगलाई एन्थ्रोपोसिन् (Anthropocene) युग भनेर बैज्ञानिकहरुले नामकरण गरेका छन्। यो अंग्रेजी सब्दको नेपाली सब्दकोशमा सायद कुनै सब्द चैन नहुन सक्छ किनकी यो एन्थ्रोपोसिन् सब्दले २०१४ (आज भन्दा ९ बर्ष अगाडी मात्र) मा अंग्रेजी अक्सफोर्ड (Oxford) सब्दकोशमा प्रवेश पायको थियो। यो एन्थ्रोपोसिन् सब्दले आफुमा एक ब्रिहंगम अबधारणा तथा विश्व-दृस्टी बोकेको छ। यो पुस्तक लेख्ने दौडानमा, मैले यो सब्द्लाई नेपाली तथा देवनागरीमा "मानवप्रभावयुग" भन्नु उपयुक्त हुन्छ भनेर प्रस्ताब गरेको छू तर मैले प्रयोग गर्दा चै यो सब्दको अगाडी अर्को विशेषणत्माक सब्द 'प्रलयकारी' राखेर प्रयोग गर्ने सोचेको छु। यो अंग्रेजी एन्थ्रोपोसिन् सब्दलाई "प्रलयकारी मानवप्रभावयुग" भनेर नेपाली भाषामा प्रयोग गर्नु पर्दछ भन्ने मेरो दृस्टीकोण (view) रहेको छ। यो विचार मैले हालसालै अन्तरास्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को पुरस्कार वितरण समारोहमा "एन्थ्रोपोसिन् बाट सिम्बायोसिनको यात्रा" नामक कविता वाचन गर्ने क्रममा ब्यक्त गरेको थिय। उक्त अबशरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायत अमेरिका र अन्य देशबाट उपस्थित भाषाविद, साहित्यकार, र समालोचकको ध्यानाकर्षण गरायको थिय। 

    

यो एन्थ्रोपोसिन् अथवा “प्रलयकारी मानव-प्रभावयुग” को सुरुवात औधोगिकक्रान्ति संगै भयको मानिन्छ। मानिसले बिज्ञान र प्रविधिको माध्यमबाट प्रकृतिमाथि बिजय प्राप्त गर्ने र प्रकृतिको अत्यधिक दोहन बिध्शंकारी ढंगले गर्न सक्ने छ्यमता बिकाश गरेकोले, यो युगलाई “प्रलयकारी मानवप्रभावयुग” भनेको हो। बिगतको ५० बर्षमा मात्र दशौ-लाख जैविक-बिबिधता (जीव-प्राणी) प्रिथिबीबाट लोप भयका छन्, प्रिथिबिको पर्यावरण-प्रणाली ध्वोस्त हुदै गयको छ, मानव निर्मित प्रदुषणले जल, जमिन, समुन्द्र र बयुमंडल नै विकृत बन्दै गयको छ, प्रिथिबीमा तापक्रम तिब्र गतिले बढेर जलबायु परिबर्तनले मानव अस्तित्व र सभ्यता नै संकट-ग्रस्त बनेको छ। प्रिथिबिको पर्यावरणप्रणालीमा जुन डरलाग्दो असुन्तलन आयको छ, त्यो यहि “प्रलयकारी मानव-प्रभावयुग” को विशेषता हो। विश्वका धनि-कुलीन, सक्तिशाली मानिस, सक्तिशाली कर्पोरेशन र सक्तिशाली देशहरु बिकाशको नाउमा र धन-आर्जन गर्ने होडमा, आफ्ना अनैतिक आर्थिक र सांस्कृतिक क्रियाकलापको कारणले यो प्रलयकारी विनाशको नायक बनेका छन र सम्पूर्ण मानव-जाति र सभ्यता नै संकटग्रस्त बनेको छ।

 “Ecosociocentrism: The Earth First Paradigm”(पर्यावरणयीय-समाजकेन्द्रितबाद: पृथिबी प्रथम बिस्वदृस्टी) नामक पुस्तक प्रकृति-बिज्ञान-दर्शन, बाताबरण, दिगोबिकाश र जलबायु परिबर्तन जस्ता बिषयका पुस्तकहरु प्रकाशन गर्ने अन्तरास्ट्रिय ख्यातीप्राप्त पुस्तक प्रकाशक "Springer Nature" ले भरखरै प्रकाशन गरेको खबर तपाईहरुसंग शेयर गर्न पाउदा गौरबको अनुभूति भयको छ। मैले बुद्धदर्शनको प्रतित्यसमुद्पदको सिदान्त (Doctrine of Dependent Co-origination) र आधुनिक प्रणाली बिज्ञान (System Theory) सिदान्तको मार्गदर्शनबाट नै मानिसले आजको यो प्रलयकारी संकटबाट आफुलाई मुक्त गर्न सक्छ भन्ने निचोडका साथ यो पुस्तक लेखेको छु। बुद्धदर्शन र प्रणाली बिज्ञानले आधुनिक बिज्ञान-प्रबिधि र मानिसको संस्कृतिकचेत लाई मार्ग-निर्देशन गर्न सक्छ र प्रिथिबी-पर्यावरण बचाउनुको साथै मानिसलाई प्रकृति-प्राणी-जगतसंग सह-अस्तित्व र सहजिबनमा बस्न सक्ने नैतिकबान प्राणी बनाउन सक्छ भन्ने बिश्लेश्सनात्मक निचोड यो पुस्तकमा निकाल्ने प्रयत्न गरेको छु।


विश्वको परिपेक्छ्यामा लेखियको भयपनी जलबायु परिबर्तनको नकारात्मक अषर नेपालमा कस्तो परेको र पर्न सक्ने भन्ने कुरा समेटेको छु। बौधदर्शन प्रति रुचि राख्ने, प्रकृति संरकछ्यन र मानव दिगो बिकासका अध्यात्याहरु, बाताबरण बिज्ञान पढने तथा पढाउने बिस्वबिध्यालयका बिद्यार्थी, प्राध्यापकहरु, र बुद्ध मार्गीहरूका लागि यो पुस्तक उपयोगी हुन् सक्छ भन्ने अपेक्छ्या गरेको छु। यो पुस्तक Springer Nature www.link.springer.com र अमेज़न बुक प्लेटफर्ममा उपलब्ध छ।

65 views1 comment

Recent Posts

See All

Noam Chomsky Lifetime Achievement Award

Very pleased to share with you the Noam Chomsky Lifetime Achievement Award. Please visit the link below. Starscholars.org/gopi-upreti A...

1 Comment

Rated 0 out of 5 stars.
No ratings yet

Add a rating
Guest
Jan 09, 2024
Rated 5 out of 5 stars.

Awesome!

Like
bottom of page